नियम ७४
स्थानीय भत्ता
(१) कुनै सैनिक व्यक्ति स्थानीय भत्ता पाउने स्थानमा बसी काम गरेको भएमा नेपाल सरकारले तोके बमोजिम स्थानीय भत्ता पाउनेछ । कुनै सैनिक व्यक्तिको पदस्थापन स्थानीय भत्ता पाउने स्थानमा भएको भए तापनि काजमा वा अन्य तवरले कुनै भत्ता नपाउने वा कम भत्ता पाउने स्थानमा बसी काम गरेमा निजले सो अवधिभर स्थानीय भत्ता पाउने छैन वा त्यस्तो स्थानको निमित्त तोकिएको भत्तासम्म पाउनेछ ।
(२) स्थानीय भत्ता पाउने स्थान र पाउने भत्ता रकमको दर नेपाल सरकारले तोके बमोजिम हुनेछ ।